पर्यटनमन्त्री पौडेलको विश्वभरका पर्यटकलाई आग्रह : ‘नेपाल भ्रमण गरी पर्यटन पुनरुत्थानमा साथ दिनुहोस्’
नेपाल भ्रमण गर्न पर्यटनमन्त्री पौडेलको पर्यटकलाई आग्रह काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विश्वभरका पर्यटकलाई नेपाल भ्रमण गर्न आग्रह गरेका छन्। मन्त्री पौडेलले नेपालको पर्यटन प्रवर्द्धनका लागि पर्यटकको आगमन महत्वपूर्ण रहेको बताउँदै पर्यटकको नेपाल भ्रमणले भूकम्प, कोभिड–१९ र हालैको बाढीबाट प्रभावित पर्यटन व्यवसाय, स्थानीय समुदाय तथा पर्यटनमा निर्भर परिवारलाई सहयोग पुग्ने उल्लेख



