Hamro Samaya

पर्यटनमन्त्री पौडेलको विश्वभरका पर्यटकलाई आग्रह : ‘नेपाल भ्रमण गरी पर्यटन पुनरुत्थानमा साथ दिनुहोस्’

Paryatan Mantri

Share

नेपाल भ्रमण गर्न पर्यटनमन्त्री पौडेलको पर्यटकलाई आग्रह

काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विश्वभरका पर्यटकलाई नेपाल भ्रमण गर्न आग्रह गरेका छन्।

मन्त्री पौडेलले नेपालको पर्यटन प्रवर्द्धनका लागि पर्यटकको आगमन महत्वपूर्ण रहेको बताउँदै पर्यटकको नेपाल भ्रमणले भूकम्प, कोभिड–१९ र हालैको बाढीबाट प्रभावित पर्यटन व्यवसाय, स्थानीय समुदाय तथा पर्यटनमा निर्भर परिवारलाई सहयोग पुग्ने उल्लेख गरेका छन्।

उनका अनुसार पर्यटकको आगमन बढेसँगै होटल, होमस्टे, यातायात, ट्रेकिङ, हस्तकला, कृषि तथा स्थानीय व्यवसायमा प्रत्यक्ष प्रभाव पर्नेछ। यसले बाढीपीडितसहित विपद्बाट प्रभावित परिवारको आयआर्जन र जीविकोपार्जनमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

मन्त्री पौडेलले नेपालका सुरक्षित पर्यटकीय गन्तव्यको भ्रमण गर्न आग्रह गर्दै पर्यटकले नेपालको प्राकृतिक सौन्दर्य, हिमाल, संस्कृति, सम्पदा र साहसिक पर्यटनको अनुभव लिन सक्ने बताए।

“नेपाल भ्रमण गर्नुहोस्, नेपालको पर्यटनलाई साथ दिनुहोस् र भूकम्प, कोभिड तथा बाढीबाट प्रभावित समुदायको पुनरुत्थानमा योगदान पुर्‍याउनुहोस्,” मन्त्री पौडेलले भने।

Nepal Telecome

ताजा अपडेट

सम्बन्धित खबर