Hamro Samaya

समाचार

रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, बुधबार बिहान ११ बजे बस्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ गठन गर्न प्रस्ताव गर्दै शीर्ष नेताहरूको सर्वदलीय बैठक बोलाएका छन्। बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ। मुलुकका विभिन्न क्षेत्रमा बाढीपहिरोले ठूलो जनधनको क्षति भइरहेका बेला विपद् व्यवस्थापनमा राजनीतिक दलहरूबीच प्रभावकारी

रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, बुधबार बिहान ११ बजे बस्ने Read More »

आईसीयूभित्र अन्तर्वार्ता लिएको विषयमा नेपाल मेडिकल काउन्सिलद्वारा छानबिन सुरु

काठमाडौं– काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालको आईसीयू (सघन उपचार कक्ष) भित्रै पुगेर बिरामीको अन्तर्वार्ता लिइएको विषयमा नेपाल मेडिकल काउन्सिलले औपचारिक छानबिन अगाडि बढाएको छ। प्रेस काउन्सिल नेपालबाट प्राप्त पत्रका आधारमा मेडिकल काउन्सिलले आईसीयूभित्र अन्तर्वार्ता लिँदा उपचार प्रोटोकल र मेडिकल आचारसंहिता पालना भए/नभको भन्ने विषयमा अनुसन्धान थालेको हो। छानबिनका क्रममा आईसीयू प्रोटोकल, बिरामीको गोपनीयता तथा सुरक्षा र उपचार आचारसंहिताको दायराभित्र यो

आईसीयूभित्र अन्तर्वार्ता लिएको विषयमा नेपाल मेडिकल काउन्सिलद्वारा छानबिन सुरु Read More »

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

काठमाडौँ। रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत नागढुङ्गा–मुग्लिन सडकखण्डको कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ।   सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीको प्राविधिक अध्ययनका आधारमा भदौ १९ गतेदेखि सुरु गरिएको यस कार्यमा पहाड काटेर २५० मिटर लामो नयाँ ट्रयाक निर्माण गरिएको छ। प्राविधिकहरूको निरन्तरको मेहनतपछि गत भदौ २८ गतेदेखि नै उक्त

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन Read More »

आफन्त गुमाउनेको विलाप : शव भेटिँदा खुसी मान्नुपर्ने कस्तो विडम्बना !

१६ भदौ, पोखरा । रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएर पहिचान नभएका शव खाल्डो खनेर व्यवस्थापन गर्ने हल्ला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चलिरहेको थियो । पोखरा ल्याइएका शव पहिचानका लागि राखिएका तस्वीरहरूमा बाढीमा परी बेपत्ता भएका आफन्तको अनुहार खोज्दै परिवारका सदस्यहरू भौंतारिँदै थिए । स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृह नजिकै भने एउटा शव एम्बुलेन्समा हालिँदै थियो ।

आफन्त गुमाउनेको विलाप : शव भेटिँदा खुसी मान्नुपर्ने कस्तो विडम्बना ! Read More »

प्रहरी भन्छः शव व्यवस्थापन गर्न लागिएको हो, अन्त्येष्टि होइन

भोटेकोशी र त्रिशूलीको बाढीमा परेर मृत्यु भएकाहरुको शव व्यवस्थापनमा समस्या भएपछि सरकारले ‘एयरटाइट ब्याग’मा राखेर जमिनमुनि गाड्न थालेको छ।  शवको अन्त्येष्टि गर्न लागिएको भनी सामाजिक संजालमार्फत भ्रामक सूचना फैलिएपछि नेपाल प्रहरीले भिडियो सन्देश जारी गर्दै शवको अस्थायी व्यस्थापन मात्रै गर्न लागिएको स्पष्ट पारेको छ। पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम

प्रहरी भन्छः शव व्यवस्थापन गर्न लागिएको हो, अन्त्येष्टि होइन Read More »

हमास कमाण्डरमाथि कारबाही गरेको इजरायली सेनाको दाबी

काठमाडौँ । इजरायली सेनाले शनिबार गाजाको अस्पताल परिसरभित्र एक हमास कमाण्डरमाथि प्रहार गरेको बताएको छ। गाजास्थित स्वास्थ्य अधिकारीहरूले अन्यत्र भएका इजरायली आक्रमणहरूमा तीन जनाको मृत्यु भएको जनाएका छन् । सन् २०२५ अक्टोबरमा लागू भएको अमेरिका समर्थित युद्धविरामका बाबजुद युद्धले ध्वस्त बनाएको यस क्षेत्रमा हमासविरूद्धको यो पछिल्लो आक्रमण हो । इजरायलले आफूले आतङ्कवादी लडाकु भनेका प्यालेस्टिनीहरूलाई निरन्तर

हमास कमाण्डरमाथि कारबाही गरेको इजरायली सेनाको दाबी Read More »

बाढी पछिको पुनर्निर्माणमा नेपाललाई ६ खर्ब आवश्यक : अर्थमन्त्री

काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस साता नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोपछि पुनर्निर्माणका लागि नेपाललाई ४ देखि ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताएका छन् । रोयटर्ससँग शनिबार कुरा गर्दै अर्थमन्त्री वाग्लेले प्रारम्भिक अनुमानअनुसार पुनर्निर्माणका लागि ४–५ अर्ब डलर (करिब ५ खर्ब ३२ अर्बदेखि ६ खर्ब ६५ अर्ब नेपाली रुपैयाँ) आवश्यक पर्ने बताएका हुन्

बाढी पछिको पुनर्निर्माणमा नेपाललाई ६ खर्ब आवश्यक : अर्थमन्त्री Read More »

बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ– चिकित्सक

काठमाडौं । चिकित्सकले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा समय बित्दै गएसँगै सङ्क्रमणको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । अब विस्तारै मृत्यु भएका मानिस तथा जनवारको शरीर कुहिन थाल्ने र यसले दुर्गन्ध तथा रोग फैलाउन सक्ने भन्दै सतर्क रहन चिकित्सहरूले सबैलाई आग्रह गरेका हुन् । सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भोटेकोशी

बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ– चिकित्सक Read More »

सुरुङमा फसेका ६ सयको चार दिनसम्म पनि उद्धार भएन

१३ भदौ, काठमाडौं । गृहमन्त्री सुदन गुरुङले माथिल्लो त्रिशूली ३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारमा आफैँ खटेको समाचार शुक्रबार सञ्चारमाध्यममा प्रवाह गरे । विपद्को केन्द्रीय कमाण्ड गर्नुपर्ने गृहमन्त्री प्राविधिकहरूले गर्ने काममा अघि सरेर सुरुङमा गए । निकै तदारुकतासाथ आफूले काम गरिरहेको सन्देश प्रवाह गर्न उनी त्यहाँ पुगेका थिए । तर, यथार्थमा भने रसुवा बाढीका कारण

सुरुङमा फसेका ६ सयको चार दिनसम्म पनि उद्धार भएन Read More »

पोखराका सडकमै भेलबाढी : अहिले आमा–छोरी निल्यो, पहिले धेरैलाई बगायो

१३ भदौ, पोखरा । कुनै दृश्य यस्ता हुन्छन्, जुन हेर्नै सकिँदैन । कुनै कुरा यति कारुणिक र दर्दनाक हुन्छन्, भन्नै सकिँदैन । डिल्लीराज कोइरालाको काँपिरहेको ओठले यसै भनिरहेको थियो । पोखरास्थित गण्डकी मेडिकल कलेजको भित्रपट्टी मानिसहरूको भिड थियो । तर सन्नाटा छाइरहेको थियो । कसैका आँखा ओभाना थिएनन् । केही महिला छाती पिट्दै रोइरहेका थिए

पोखराका सडकमै भेलबाढी : अहिले आमा–छोरी निल्यो, पहिले धेरैलाई बगायो Read More »